रंगबुलको गोर्खा बस्तीमा भागोप्रमोको सभा सम्पन्न
रंगबुलको गोर्खा बस्तीमा भागोप्रमोको सभा सम्पन्न


सोनादा, 09 अगस्त (हि.स.)। भारतीय ग्रोर्खा प्रजातान्त्रिक मोर्चा रंगबुल (को-अर्डिनेशन) कमिटीको एक सभा आज रंगबुलको गोर्खा बस्ती सार्वजनिक भवनमा शाखाको सभापति अर्जुन थापाको अध्यक्षमा सम्पन्न गरियो।‌ यस अवसरमा कमिटीका संयोजक लक्ष्मण ठकुरी, रंगबुल ग्राम पञ्चायत प्रधान योजना सुब्बा, पञ्चायत समिति सदस्या याङ लमू शेर्पा, पञ्चायत सदस्य एनोस हाङ सुब्बा आदि उपस्थिति थिए।

सभामा सबै भातृ सङ्गठनका प्रतिनिधिहरू उपस्थित थिए।‌ सभामा शिक्षक संगठन, पे ब्यान्ड कर्मचारी, आशाकर्मी, आँगनवाडी, भीबीडी, भूतपूर्व सैनिक सङ्गठन, गाउँ समाजका वरिष्ठ नागरिकहरू पनि उपस्थित थिए। सभामा सबैको सुझाउ र सल्लाह अनुसार गोर्खा बस्तीको कतिपय अधुरो रहेको विकासमूलक कार्यमाथि चर्चा गरियो।

सभामा जमीन र चुनाउ आयोगद्वारा जारी गरिने दस्तावेज सम्बन्धमा बीएलओ सुरेन छेत्रीले प्रकाश पारेका थिए। सबैको सल्लाह अनुसार यस सभाले शाखा समितिमा केही फेरबदल गर्दै नयाँ ढाँचामा शाखा समिति गठन गरेको छ। जोनल समिति गठनार्थ तीनजना सदस्यहरू सुरेन छेत्री, रामा सुब्बा र सुशील राईलाई चयन गरिएको प्रचार प्रसार सचिव शेरेप छिरिङ लेप्चाले जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande