प्रतिबन्धित कफ सिरपसहित दुई युवक पक्राउ
प्रतिबन्धित कफ सिरपसहित दुई युवक पक्राउ


सिलगढी, 09 अगस्त (हि.स.)। भक्तिनगर थानाको पुलिसले भारी मात्रामा कफ सिरपको साथमा दुई युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकहरूको पहिचान बिहारको किशनगंज निवासी बापी राय र सिलगढी निवासी सावन शाहको रूपमा गरिएको छ।

सूत्रहरू अनुसार, शुक्रवार राति भक्तिनगर थानाको पुलिसलाई पीसी मित्तल बस अड्डामा प्रतिबन्धित कफ सिरपको तस्करी भइरहेको गुप्त सूचना प्राप्त भयो। सूचना पाउनसाथ पुलिसले तत्काल कारबाही गऱ्यो। छापाको क्रममा बस अड्डाबाट दुई संदिग्ध युवकलाई पक्राउ गरियो। उनीहरूबाट भारी मात्रामा कफ सिरप जफत गरिएको छ।

पक्रा परेका युवकहरू विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ। भक्तिनगर पुलिसले यस सम्बन्धमा अगाडिको कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande