एसएसबी सेक्टर मुख्यालयद्वारा रक्षा बन्धन पर्व पालन
एसएसबी सेक्टर मुख्यालयद्वारा रक्षा बन्धन पर्व पालन


गान्तोक, 09 अगस्त (हि.स.)। गान्तोकस्थित सेक्टर मुख्यालय सशस्त्र सीमा बल (एसएसबी) का अधिकारी तथा पदाधिकारीहरूले सिक्किम विश्वविद्यालय र हर्कमाया कलेज अफ् एजुकेशनका विद्यार्थीका साथै हेमन्त यादव फाउण्डेशनका सदस्यहरूसँग मार्चाकमा रक्षा बन्धन पालन गरे। उक्त जानकारी पीआईबीले दिएको छ।

सिक्किम विश्वविद्यालयकी प्राध्यापक डा. सुजाता उपाध्याय र हर्कमाया कलेज अफ् एडुकेशनकी सहायक प्राध्यापक सुतापा बर्मनले रक्षा बन्धनको महत्त्वमाथि प्रकाश पार्दै राष्ट्रको सिमानाको रक्षा गर्न र एकता र सद्भाव प्रवर्द्धन गर्न एसएसबीको प्रयासको प्रशंसा गरे।

उत्सवमा परम्परागत राखी बाँध्ने समारोह सामेल थियो, जहाँ हेमन्त यादव फाउण्डेशनका विद्यार्थी र सदस्यहरूले एसएसबीका अधिकारी र पदाधिकारीहरू, दुवै विश्वविद्यालयका प्राध्यापकहरूलाई राखी बाँधेर मिठाई वितरण गरे।

गान्तोकस्थित सेक्टर मुख्यालय एसएसबीका सेकेण्ड-इन कमाण्ड सुनिल कुमारले रक्षा बन्धन समारोहमा भाग लिएकोमा प्राध्यापक, विद्यार्थी र हेमन्त यादव फाउण्डेसनका सदस्यहरूप्रति कृतज्ञता व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande