टेकवीर बस्तीको समाज प्रगति गाउँ प्रगति संघद्वारा सर सफाई कार्यक्रम सम्पन्न
टेकवीर बस्तीको समाज प्रगति गाउँ प्रगति संघद्वारा सर सफाई कार्यक्रम सम्पन्न


खरसाङ, 09 अगस्त (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर दुई टेकवीर बस्तीको समाज प्रगति गाउँ प्रगति संघले आगामी 79औं स्वतन्त्रता दिवस र राखी पर्वको उपलक्ष्यमा आज आफ्नो वार्षिक सर सफाई कार्यक्रमलाई निरन्तरता दिॅंदै गाउँमा सफाई कार्यक्रम आयोजन गऱ्यो। समाजका मूल सचिव बीरबल पाख्रीन, उपाध्यक्षद्वय सुजय गुरुङ र जन बस्को राई र कोषाध्यक्ष रमोद गुरुङको अगुवाईमा सम्पन्न सफाई कार्यक्रममा समाजको प्रत्येक घरका प्रायः सदस्यहरू उपस्थित रहेका थिए।

यस सर सफाई कार्यक्रममा गाउँभित्रको नाला झोडा सफा गरियो भने बाटो छेउछाउ उम्रेका झारपातहरू फाड्ने अनि उखेल्ने कार्य गरियो। बर्खाको पानीको गाउॅंका बाटोहरू चिप्लो भ‌एर जनसाधारणलाई धेरै असुविधा भ‌इरहेको थियो। यस समस्याको समाधान गर्न बाटोमा ब्लिचिङ पाउडर हाल्ने कार्य गरियो।

यसका साथै समाजको पक्षबाट सम्पूर्ण गाउँवासीलाई आफ्नो परिवेश स्वच्छ अनि सफा राख्ने अपील गरियो। आफ्नो गाउँ आफै सफा राखौं अभियान अन्तर्गत गरिएको यस सफाई पहललाई गाउँवासीले समर्थन जनाएकोमा समाजको पक्षबाट धन्यवाद ज्ञापन गरिएको मूल सचिव बिरबल पाख्रीनले बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande