गान्तोक, 09 अगस्त (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको प्रान्तीय समिति विद्या भारती सिक्किम प्रान्त अन्तर्गत सिक्किम, दार्जिलिङ र कालेबुङ क्षेत्रमा अवस्थित सबै विद्यालयहरूमा आज राष्ट्रिय पर्व रक्षा बन्धन पर्व उत्साहको साथमा पालन गरियो।
पश्चिम सिक्किमको उत्तरेस्थित सरस्वती संस्कार केन्द्रमा एसएसबीका जवानहरूसॅंग रक्षा बन्धन पर्व पालन गरियो। यस अवसरमा विद्यार्थीहरूले देशभक्ति गीत प्रस्तुत गरे। राजधानीको तादोङ सरस्वती विद्या निकेतनले पनि घर परिवार अभियानका साथ रक्षा बन्धन पालन गऱ्यो। यस क्रममा स्थानीय शुभचिन्तकहरूलाई भेटेर राखी बॉंध्ने कार्य गरियो। विद्या भारती सिक्किमका संयोजक मोहन शर्मा, विद्यालय प्रशासनका दयाराम भट्टराई आदिले अभियानमा भाग लिए।
विद्या भारती सिक्किम अन्तर्गत बिजनबारीमा विद्या ज्योति अकादमीको 11 सदस्यीय टोलीले नयॉं दिल्लीमा राष्ट्रपतिसॅंग भेट गरेर रक्षा बन्धन उत्सवमा सहभागी बन्ने अवसर प्राप्त गरेको संयोजक शर्माले जानकारी गराएका छन्। उनले दार्जिलिङका लोकसभा सांसद राजु विष्टको सहयोग र मार्गदर्शनमा यो सम्भव भएको बताउॅंदै यसलाई खुशी र गर्वको कुरा बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल