भोपाल, 10 सेप्टेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहन भागवतको इन्दौर प्रवास 13 सेप्टेम्बर (शनिवार) साझँदेखि शुरू हुनेछ। उनी 14 सेप्टेम्बर साझँसम्म शहरमा रहनेछन्। यस अवधि उनले संघको आन्तरिक कार्यक्रमहरूका साथै एक महत्वपूर्ण सार्वजनिक आयोजनमा भाग लिनेछन्।
आइतवार दिउँसो 3.15 बजी ब्रिलियेन्ट कन्वेन्शन सेन्टरमा पञ्चायत एवं ग्रामीण विकास मन्त्री प्रह्लाद पटेलको पुस्तक ‘परिक्रमा’ को विमोचन गर्नेछन्। यस पुस्तकको लेखन पटेलले नर्मदा परिक्रमाको आफ्नो अनुभवहरूमाथि आधारित गरेका छन्, जसलाई उनले 1994 र 2007 मा दुई अलग-अलग यात्राहरूमा संकलन गरेका थिए।
राष्ट्रिय स्वयंसेवक संघ, मालवा प्रान्तका प्रान्त प्रचार प्रमुख जयशंकर शर्माले बुधवार बताए, सरसंघचालकको यो इन्दौरमा वर्ष 2025 को चौथो दौड़ाह हो। यस अगाड़ी उनी 03 जनवरी, 13 जनवरी र 10 अगस्तमा इन्दौर गएका थिए। शर्मा अनुसार, यस पालको मुख्य कार्यक्रम पुस्तक विमोचन हो।
उल्लेख्य, यस समारोहमा मुख्यमन्त्री डा. मोहन यादव, राज्य मन्त्रीमण्डलका धेरै सदस्य र प्रदेशका गणमान्यजन उपस्थित रहनेछन्। डा. भागवतको इन्दौरसित गहिरो सम्बन्ध र उनको सक्रिय उपस्थिति यस विशेष चर्चाको विषय रहेको छ। जनवरी महिनामा पहिलो दौड़ाहमा उनले संघको शताब्दी कार्यक्रम ‘स्वर शतक’ मा भाग लिएका थिए। त्यस समय उनले स्पष्ट पारेका थिए कि भारतलाई अग्रपंक्तिमा लयाउनु नै संघको ध्येय हो र यसको निम्ति हरेक आवश्यक कार्य गर्न संघ तत्पर छ। 13 जनवरीमा आफ्न दोस्रो दौड़ाहमा उनले रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महामन्त्री चम्पत रायलाई देवी अहिल्या राष्ट्रिय पुरस्कारले सम्मानित गरे। त्यस अवसरमा उनले जोड दिएर भनेका थिए, खुशियाली र विकासको मार्ग पनि राम मन्दिर जस्तो सांस्कृतिक र आध्यात्मिक प्रतीकहरू भएर गुज्रिन्छ।
तेस्रो पल्ट संघ प्रमुख 10 अगस्तमा इन्दौर आएका थिए। तब उनले 96 करोड़को लागतले तयार क्यान्सर केयर अस्पतालको उद्घाटन गरे। यस अवसरमा उनले समाजका सबै वर्गहरूका नेताहरूसित कमजोर वर्गलाई माथि उठाउन सामूहिक प्रयास गर्ने आग्रह गरे। उनले शिक्षा र र स्वास्थ्य जस्ता बुनियादी सेवाहरू लगातार महंगो भएकोमा चिन्ता पनि व्यक्त गरेका थिए र भनेका थिए, यी क्षेत्रहरूलाई व्यावसायिक दृष्टिकोणबाट मुक्त गर्ने आवश्यकता छ ताकि सामान्य नागरिक पनि लाभान्वित हुन सकोस्।
अब उनको चौथो दौड़ाहलाई लिएर संघ स्वयंसेवकहरू र शहरवासीहरूमा खासै उत्साह छ। नर्मदा परिक्रमामाथि आधारित पुस्तकको विमोचन केवल साहित्यिक वा सांस्कृतिक आयोजन मात्र नभएर यसलाई समाज र अध्यात्मसित सम्बन्धित व्यापक विमर्शसित जोड़िँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी