पञ्जाबका सीमावर्ती जिल्लाहरूमा पशुहरूलाई बचाउन अघि आयो बीएसएफ
पञ्जाबका सीमावर्ती जिल्लाहरूमा पशुहरूलाई बचाउन अघि आयो बीएसएफ


चण्डीगढ़, 10 सेप्टेम्बर (हि.स.)। पञ्जाबका बाढ़ी प्रभावित क्षेत्रहरूमा राहत एवं बचाउ कार्यहरूलाई नयाँ मोड़ दिँदै बीएसएफले सीमावर्ती जिल्लाहरूमा पशु चिकित्सा शिविर आयोजित गर्नु शुरू गरेको छ। यो शिविर अमृतसर, फिरोजपुर र फाजिल्का जिल्लाहरूमा 181 बटालियन, 99 बटालियन, 160 बटालियन र 155 बटालियनले लगायो।

यी शिविरहरूमा ग्रामीणहरूले न केवल पशु-चिकित्सा सहायता पाए तर कठिन समयमा बीएसएफ उनीहरूको साथ खड़ा भन्ने भरोसा पनि पाए। मोठ 537 भैंसी, गाई र बाख्राको उपचार गरियो। यसबाट किसानरूको रोजी-रोटी सुरक्षित रह्यो र उनीहूरको चिन्ताहरू पनि कम भयो।

बीएसएफका पशु चिकित्सकहरू र जवानहरूले पानीले भरेको बाटोहरू र डूब्दै गरेको खेतहरूलाई नाघेर हरेक गाउँसम्म पुग्ने प्रयास गरे। उनीहरूको यो समर्पण ग्रामीणहरूका लागि आशा र विश्वासको नयाँ किरण लिएर आएको छ। बीएसएफले एक पल्ट फेरि प्रमाणित गरेको छ कि उसको उद्देश्य केवल सीमाको रक्षा गर्नु नभएर हरेक परिस्थितिमा देसवासीहरूको साथ खड़ा रहनु हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande