फतेहाबाद, 10 सेप्टेम्बर (हि.स.)। हरियाणाको फतेहाबाद जिल्लाको कुम्हारिया गाउँका दुई युवक, अंकित जांगड़ा (23) र विजय पूनिया (25) स्टडी भीसामा रूस गएका थिए तर धोकाले रूसी सेनामा भर्ती गरी यूक्रेन सीमामा युद्ध क्षेत्रमा पठाइए। दुवैले भीडियो र व्हाट्सएप कलको माध्यमले भारत सरकारसित मद्दतको गुहार लगाएका छन्। परिजनहरूले डीसी र सीएम नायब सैनीलाई भेटेर युवकहरूलाई सुरक्षित स्वदेश फर्काउने माग गरे। प्रशासनले केन्द्र सरकार र विदेश मन्त्रालयलाई रिपोर्ट पठाएर कारबाही शुरू गरेको छ।
अंकितको भाई रघुवीर जांगड़ाले बताए, उसका पिता चिनाई मिस्त्री हुन् जबकि आमा सुशीला देवी गृहणी हुन्। उनीहरू दुई भाई हुन्। उसको कान्छा भाई अंकित 12औं पास गरेर 15 फरवरी 2025 मा स्टडी भासामा रूस गएको थियो। उसले मस्को शहरको एमएसएलयू कलेजमा लेंग्वेज कोर्समा प्रवेश लिएको थियो। दोस्रो युवक विजय पनि यसैगरी स्टडी भीसामा गयो। रघुवीरले बताए, उसको भाईले बतायो कि उनीहरूलाई एक महिलाले प्रलोभन दिएर फंसाएकी हुन्। उनीहरूलाई भनियो, उनीहरूलाई रशियन आर्मीमा नोकरी दिइनेछ। तीन महिनाको ट्रेनिङपछि ढाई लाख रूपियाँ प्रतिमाह पाइनेछ। यसलाई लिएर धोकाले उनीहरूसित कन्ट्रेक्टमा साइन गराइयो।
रघुवीर अनुसार, 15-15 जनाको तीन बेच बनाइएको छ। सबैभन्दा पहिलो बेचमा उसको भाई अंकित र गाउँकै विजय पनि सामेल छन्। 15 मध्ये 5 जना केटाको मृत्यु भइसकेको बताइएको छ। यस मामिलालाई लिएर रघुवीरले सीएमलाई पनि भेटेको छ। भाजपा सरकारले यस मामिलालाई गम्भीरताले लिनेछ र दुवै युवकहरूलाई सुरक्षित भारत ल्याइनेछ भनी रघुवीरले आशा व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी