नयाँ दिल्ली, 10 सेप्टेम्बर (हि.स.)। भारतीय दूरसंचार नियामक प्राधिकरण (ट्राई) ले केबल टीवी और डीटीएच जस्ता वितरण प्लेटफार्म अपरेटरहरू (डीपीओ) लाई अब मासिक र तिमाही आधारमा रिपोर्ट दिने आदेश दिएको छ। यसमा अपरेटर डीटीएच कम्पनीहरू, मल्टी सिस्टम अपरेटर (एमएसओ), हेडएन्ड-इन-द-स्काई (एचआईटीएस) र आईपीटीवी सर्विस दिने सामेल छन्। ट्राईले 1997 को दूरसंचार अधिनियमको धारा 12 अन्तर्गत यो आदेश जारी गरेको छ ताकि सेवा गुणवत्ता र अनुपालनमाथि नजर राख्नसकियोस्। ट्राईको यस नयाँ नियमले सबै डीपीओलाई हरेक महिनाको अन्तदेखि 10 भित्र मासिक रिपोर्ट (एम-पीएमआर) र तिमाहीको अन्तदेखि 15 दिनभित्र तिमाही रिपोर्ट (क्यू-पीएमआर) जमा गराउनुपर्नेछ। यो रिपोर्ट टेरिफ, इन्टरकनेक्शन र सर्विस क्वालिटी जस्ता नियमहरूको पालनमाथि आधारित हुनेछ।
यस अगाड़ी 2008 मा डीटीएच अपरेटरहरूका लागि तिमाही रिपोर्ट अनिवार्य गरिएको थियो फेरि 2019 मा एमएसओ र एचआईटीएसलाई पनि जोड़ियो। अब ट्राईले रिपोर्टको फर्मेट अपडेट गरी सबैलाई कवर गरेको छ। यद्यपि, जुन डीपीओका एक्टिव कस्टमर 30 हजारभन्दा कम छ, उनीहरूका लागि तिमाही रिपोर्ट वैकल्पिक रहनेछ।
ट्राईको भनाई छ, यसबाट सेवामा सुधार हुनेछ र बजारमा निष्पक्षता आउनेछ। ब्रडकास्टिङ इन्डस्ट्रीमा यो बदलाव उपभोक्ताहरूलाई राम्रो अनुभव दिनेछ किनभने अपरेटरहरूमाथि अब अधिक जवाबदेही हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी