नयाँ दिल्ली, 10 सेप्टेम्बर (हि.स.)। देशमा हरित श्रोतहरूबाट बनिने ऊर्जा 250 गीगावाट पुग्यो। यो एक एतिहासिक उपलब्धी हो। यस उपलब्धीलाई सौर, पवन, जल र जैव ऊर्जा जस्ता स्वच्छ उर्जा श्रोतहरूको समन्वित उपयोगबाट हासिल गरियो।
केन्द्रिय बन्दरगाह, पोत परिवहन एवं जलमार्ग मन्त्री सर्बानन्द सोनोवालले यस उपलब्धीमा खुशी व्यक्त गर्दै यसलाई स्वच्छ ऊर्जा क्रान्तिमा माइलखुट्टी बताए। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृतवमा भारत वैश्विक नवीकरणीय ऊर्जा नेताको रूपमा आफ्नो स्थितिलाई अझ् मजबूत बनाइरहेको छ। यो उपलब्धीले भारतको स्वचन्छ र टिकाऊ भविष्यप्रति प्रतिबद्धतालाई नयाँ आकार दिदँछ।
केन्द्रिय राज्य मन्त्री शान्तनु ठाकुरले पनि यस उपलब्धीलाई गौरवपूर्ण कदम ठहर गरे। उनले भने, 250 गीगावाटको यो क्षमता भारतको हरित उर्जा यात्रामा एतिहासिक माइलखुट्टी हो, जसले पर्यावरण संरक्षण र टिकाऊ विकासप्रति देशको अटल प्रतिबद्धलाई दर्शाउँछ। यो उपलब्धी न केवल भारतको ऊर्जा नीतिहरूको सफलतालाई रेखांकित गर्दछ तर वैश्विक मंचमा भारतलाई स्वच्छ ऊर्जाको क्षेत्रमा एक अग्रणी शक्तिको रूपमा स्थापित गर्दछ।
उल्लेख्य, साल 2014 मा देशको हरित श्रोतहरूबाट ऊर्जा उत्पन्न गर्ने क्षमता केवल 81 गीगावाट थियो, जुन 2025 मा 250 गीगावाटसम्म पुगेको छ। यस उपलब्धीपछि भारत सरकारको 2030 सम्म 500 गीगावाट गैर-जीवाश्म ऊर्जा क्षमता प्राप्त गर्ने लक्ष्य छ।
हिन्दुस्थान समाचार / भवानी थामी