रांची, 10 सेप्टेम्बर (हि.स.)। दिल्ली पुलिस स्पेशल सेल, झारखण्ड एटीएस (आतङ्कवाद निरोधी दस्ता) र रांची पुलिसको संयुक्त टीमले एक संदिग्ध आतङ्कीलाई पक्राउ गरेको छ। बुधवार बिहान लोअर बजार थाना क्षेत्रको इस्लामनगर स्थित तबरक लजबाट आईएसआईएसको संदिग्ध आतङ्की पक्रा परेको छ। त्यहाँबाट धेरै इलेक्ट्रोनिक उपकरण पनि जफत गरिएको छ।
संदिग्ध आतङ्कीको पहिचान असहर दानिशको रूपमा गरिएको छ। यस बाहेक दिल्ली पुलिसको स्पेशल सेल र झारखण्ड एटीएसले पलामूमा पनि छापा मारेर एक व्यक्तिलाई हिरासतमा लिएको छ र उसित सोधपुछ गरिरहेको छ। रांचीमा पक्रा परेको असहर दानिश मूल रूपमा बोकारो जिल्लाको पेटरवारको निवासी हो। दिल्लीमा उ विरूद्ध दर्ता एक मामिलाको आधारमा दिल्ली स्पेशल सेलले लामो समयदेखि उलाई खोजिरहेको थियो, जसपछि यो गिरफ्तारी सम्भव हुनसक्यो। वर्तमानमा पक्राउ गरिएको संदिग्ध आतङ्कीसित गहन सोधपुछ जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी