कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। नेपालमा फसेका पर्यटकहरूलाई सुरक्षित फर्काएर ल्याउनका लागि पश्चिम बंगाल पुलिसले एक विशेष हेल्पलाइन नम्बर जारी गरेको छ। यस हेल्पलाइनको माध्यमबाट पर्यटकहरूलाई दार्जीलिङ जिल्ला भएर भारत फर्किनमा आवश्यक सहयोग गरिनेछ।
पुलिसद्वारा ‘एक्स’-मा जारी सन्देशमा बताइएको छ, पानीट्याङ्की वा पशुपति चेकपोस्टको बाटो भएर भारत फर्किन चाहने मानिसहरूले पुलिसको हेल्पलाइन नम्बरमा सम्पर्क गर्न सक्नेछन्। मोबाइल/व्हाट्स एप नम्बर 9147889078 तथा ल्याण्डलाइन नम्बर 0354-2252057-मा यात्रीहरूले सोझै मद्दत प्राप्त गर्न सक्नेछन्। यो हेल्पलाइन व्हाट्एप तथा भोइस कल दुवैमा सक्रिय छ। यसको माध्यमबाट दस्तावेजी सहायता, यात्रा समन्वय औ सीमा पार गर्नकोलागि आपत सहयोग उपलब्ध गराइनेछ।
दार्जीलिङ जिल्ला प्रशासन पनि सीमा प्राधिकरण तथा नेपाल सरकारका अधिकारीहरूसित मिलेर यस प्रक्रियालाई सहज बनाउनमा जुटेका छन्। अर्कोतिर मुख्यमन्त्री ममता ब्यनर्जीले बुधवार भरोसा दिलाइन्, नेपालमा फसेका बंगालका पर्यटकहरूको सुरक्षित फिर्तीलाई सुनिश्चित गरिनेछ र आगामी केही दिनभित्रमा उनीहरूलाई स्वदेशमा ल्याइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा