कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। गए शुक्रवार अपरान्ह दक्षिणेश्वर मेट्रो स्टेशनमा आपस्तको विवादमा चक्कु रोपी साथीको हत्या गर्ने नाबालिकलाई पक्राउ गरिएको छ। शुक्रवार घटनालाई परिणाम दिएपछि आरोपी आफ्नो घरमा गयो। उसको हाव-भावलाई देखेर आमा-बुवालाई सन्देह लाग्यो। जाँचबुझ गर्दा नाबालिकले हत्याको कुरालाई स्वीकार गऱ्यो। त्यसपछि परिवारले आफू बसेको ठाउँलाई नै छोड़्ने निर्णय गऱ्यो। तर भाग्न अगावै पुलिसले नाबालिकलाई समात्यो। यस मामिलामा नाबालिकका माता-पिता र बहिनीलाई पनि हिरासतमा लिएर जाँचबुझ गरिँदैछ।
सूत्र अनुसार अलम बजार निवासी हत्यारा नाबालिकले सपरिवार भाग्ने योजना बनाइसकेको थियो। परिवार भागेर बिहारको बेगुसराय जान चाहन्थ्यो। यसको लागि उनीहरू सड़क मार्ग भएर हावड़ा स्टेशनमा पुगे जहाँबाट रेल मार्ग भएर भाग्ने योजना थियो। तर गुप्त सूचनाको आधारमा पुलिसले हावड़ा स्टेशनमा छापा मारेर उनीहरूलाई समात्यो।
पुलिस सूत्रको भनाइ छ, आरोपी नाबालिक बाग बजार बोइज स्कूलको वाणिज्यिक विभागमा एघारौ कक्षामा अध्ययनरत थियो। उ आफ्ना माता-पिता र बहिनीसित अलम बजारमा बस्थ्यो। छिमेकीहरू अनुसार आरोपी पढ़ाईमा राम्रो थियो र पढ़ाई बाहेक कसैसित भेटघाट केही गर्दैनथ्यो।
नाबालिकको मित्रता मनोजित नामक किशोरसित लामो समयदेखिकै थियो। तर हालैमा एकजना परिचित युवतीलाई लिएर मनोजितद्वारा कथित अभद्र टिप्पणी गरेकोमा विवाद शुरू भएको थियो। गत 10 सेप्टेम्बरमा यी दुईबीच हातपात पनि भएको थियो। त्यसबेला मामिला सुल्झियो भन्ने लागेको थियो। तर यो विवादले यस्तो भयानक रूप लिन्छ भनेर कसैले सोचेका पनि थिएऩन्।
स्थानीय मानिसहरूको भनाइ छ, “नानीको भविष्य बर्बाद भयो, परिवार भत्कियो।” घटनापछि आरोपी नाबालिकको घर खाली भएको छ। कुनै अप्रिय घटनादेखि बच्नको लागि पुलिसले घर बाहिर सुरक्षाकर्मीलाई तैनाथ गरिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा