ड्रग्स तस्करीको मामिलामा चार आरोपी पक्राउ
ड्रग्स तस्करीको मामिलामा चार आरोपी पक्राउ


नयाँ दिल्ली, 13 सेप्टेम्बर (हि.स.)। दक्षिणी जिल्लाको नारकोटिक्स स्क्वायडले नशा तस्करीको विरोधमा ठूलो कारबाही गर्दै चारजना ड्र्ग्स सप्लायर्सलाई पक्राउ गरेको छ। पुलिसले यिनीहरूको कब्जाबाट 51.692 किलो गाँजा जफत गरेको छ। साथै तस्करीमा प्रयोग गरिेको एउटा अटोलाई पनि जफत गरेको छ।

यस सम्बन्धमा थाना साकेतमा एनडीपीएस एक्टका धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

अतिरिक्त पुलिस उपायुक्त सुमित कुमार झाले शनिवार प्रेसवार्तामा बताए, गत 8 सेप्टेम्बरमा जिल्लाको नारकोटिक्स स्क्वायडलाई दुईजना तस्करहरू भारी मात्रामा गाँजा लिएर साकेत क्षेत्रमा आइरहेको सूचना प्राप्त भएको थियो। इन्स्पेक्टर सुभाष चन्द्रको नेतृत्वमा एसआई दीपक यादव, एसआई रामप्रताप औ अन्य स्टाफले खिड़की एक्सटेन्शनदेखि शेख सराय रोड, सतपुला झील नजिकसम्म धराप थाप्यो। साँझ लगभग 4 बजे एउटा अटोलाई रोकियो जसमा रवि रोशन र धिरेन्द्र सिंह बसेका थिए। जाँच गर्दा अटोको पछिल्लो सीटबाट 25.896 किलो गाँजा जफत गरियो। दुवैलाई घटनास्थलबाटै पक्राउ गरियो।

जाँचबुझमा आरोपीहरूले खुलासा गरे, यसको सम्पूर्ण सिण्डिकेट बिहार निवासी चन्दनले चलाउँछ जसले गाँजाको खेपलाई पार्सलको माध्यमबाट दिल्लीमा पठाउँछ जसलाई गिरोहका सदस्यहरूले दिल्ली एऩसीआरका भिन्न-भिन्न क्षेत्रमाहरू सप्लाई गर्छन्। यस गिरोहमा सहितानन्द राय, लक्ष्मण र मुकेश उपनाम स्टार भाइको नाम पनि मुसिएको छ। धिरेन्द्र सिंहले पैसा लेनदेनको काम गर्छ। उसैले बताए अऩुरूप पुलिसले गिरोहको अर्को सदस्य रवि कुमारलाई पक्राउ गऱ्यो।

त्यसपछि गए 12 सेप्टेम्बरमा पुलिसलाई फेरि अर्को इनपुट प्राप्त भयो जसमा बताइयो, डीटीडीसी कुरियर सर्भिसबाट गाँजाको पार्सल आउनेवाला छ। टीमले मोती नगर, फन सिनेमा छेउ घेराबन्दी गरी त्यहाँ आएको दीनानाथलाई समात्यो। उसको कब्जाबाट 25.796 किलो गाँजा जफत गऱ्यो। यसरी जफत गरिएको गाँजाको मोठ वजन 51.692 पुग्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande