नारंगी क्यान्टोनमेन्टमा नर्थ-ईस्टका युवाहरूको लागि इण्डियन आर्मीको सफल भर्ती ऱ्याली
नारंगी क्यान्टोनमेन्टमा नर्थ-ईस्टका युवाहरूको लागि इण्डियन आर्मीको सफल भर्ती ऱ्याली


गुवाहाटी, 14 सेप्टेम्बर (हि.स.)। नर्थ-ईस्टका युवाहरूलाई सशक्त बनाउने दिशामा इण्डियन आर्मीले गत 10-देखि 13 सेप्टेम्बरसम्म नारगी क्यान्टोनमेन्टमा जोनल तथा सेन्ट्रल क्याटोगरी भर्ती ऱ्यालीको सफल आयोजन गऱ्यो। यसमा वुमेन मिलिट्री पुलिसको लागि पनि भर्ती सामेल थियो। सो जानकारी रक्षा जनसम्पर्क अधिकारी (पीआरओ डिफेन्स)-ले दिएका हुन्। कार्यक्रमको आयोजन आर्मी रिक्रुटिंग अफिस (एआरओ) नारंगीको तत्वावधानमा गरिएको थियो।

ऱ्यालीमा सातै वटा पूर्वोत्तर राज्यहरूबाट आएका युवा उम्मेद्वारहरूले उत्साहपूर्वक भाग लिए। ठूलो संख्यामा पुरूष अनि महिला उम्मेद्वारहरूको सहभागिता रहेको थियो। पहिला नै कमन एन्ट्रेन्स एग्जामिनेशन (सीईई) उतीर्ण गरेका उम्मेद्वारहरूले यस भर्ती प्रक्रियाको फेज-II मा भाग लिए।

यस अवधि उम्मेद्वारहरूलाई कड़ा शारीरिक तथा चिकित्सकीय परीक्षण भएर गुज्रिनु पऱ्यो। युवाहरूले अनुशासन, धैर्य एवं जोश देखाए जसलाई देखेर सेना अधिकारीहरूले उनीहरूको प्रशंसा गरे।

सेना अधिकारीहरूले भने, भर्ती प्रक्रियालाई पूर्ण रूपले निष्पक्ष तथा पारदर्शी ढंगले आयोजना गरियो। एकजना एआरओ नारंगी अधिकारीले भने, “यो ऱ्याली भर्ती मात्र नभएर समावेश, सशक्तिकरण तथा राष्ट्रिय एकीकरणको प्रतीक हो।”

कार्यक्रमलाई सफल बनाउनमा सिभिल तथा पुलिस प्रशासनको पूर्ण सहयोग प्राप्त भयो जसबाट आयोजन सुरक्षित एवं सुचारू रूपमा सम्पन्न हुनसक्यो। यो भर्ती ऱ्याली इण्डियन आर्मीको त्यस व्यापक प्रयासको एक भाग हो जसान्तर्गत पूर्वोत्तरका युवाहरूलाई राष्ट सेवाको अवसर प्रदान गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande