-14 र 15 सेप्टेम्बरमा केही रुटहरूमा यातायात नियन्त्रणमा रहनेछ
कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजापूर्व कोलकाताका सड़कहरूमा कड़ा यातायात नियम लागू गरिनेछ। यसको प्रमुख कारण हो, मुख्यमन्त्री नरेन्द्र मोदीको दुई दिवसीय भ्रमण। उनी आगामी 15 सेप्टेम्बरको दिन कोलकाता आइपुग्नेछन् अनि फोर्ट विलियमस्थित ईस्टर्न कमाण्ड मुख्यालयमा आयोजित ‘कम्बाइण्ड कमाण्डर्स कन्फ्रेन्स- 2025’’ को उद्घाटन गर्नेछन्। यो कार्यक्रम तथा सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै 14 र 15 सेप्टेम्बरको दिन यातायात नियन्त्रणमा रहनेछ।
कोलकाता पुलिसद्वारा जारी बयानमा उल्लेख गरिएको छ, 14 सेप्टेम्बरको अपरान्ह 3:30 बजेदेखि राती 8:00 बजेसम्म भारी औ मालवाहक वाहनहरूको आवत-जावत पूर्ण रूपले बन्द रहनेछ। यो प्रतिबन्ध भीआईपी रोड, उल्टाडांगा न्यू फ्लाईओभरदेखि ईएम बाइपास, राजभवन दक्षिण गेटदेखि आरआर एभेन्यू–रेड रोड–जे एण्ड एन आइल्याण्ड भएर माँ फ्लाइओभरसम्म तथा एजीसी बोस फ्लाइओभरदेखि हस्पिटल रोड, लभर्स लेन, खिदिरपुर रोड हुँदै जे एण्ड एन आइल्याण्डसम्म लागू हुनेछ।
आगामी 15 सेप्टेम्बरमा बिहान 7:30 बजेदेखि साँझ 4:00 बजेसम्म भारी वाहनहरूलाई राजभवन दक्षिण गेटदेखि आरआर एभेन्यु–रेड रोड–जे एण्ड एन आइल्याण्ड हुँदै फोर्ट विलियम पूर्व गेट औ खिदिरपुर रोडसम्म प्रवेश गर्ने अनुमति दिइनेछैन।
यसरी नै 14 सेप्टेम्बरको बिहान 6:00 बजेदेखि 15 सेप्टेम्म्बर राती 11:00 बजेसम्म राजभवनको वरिपरी कुनै पनि भारी वाहनको ओहोर-दोहोर पूर्ण रूपले निषिद्ध रहनेछ। 14 सेप्टेम्बरको राती 11:00 बजेदेखि 15 सेप्टेम्बरको बिहान 6:00 बजेसम्म गभर्नमेन्ट प्लेस ईस्ट र एस्प्लानेड रो ईस्ट क्रसिंगदेखि ओल्ड कोर्ट हाउस स्ट्रीट तथा बीबीडी बाग साउथ क्रसिंगसम्मको भाग बन्द रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा