कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। ‘जेन जी’ आन्दोलनका कारण उत्पन्न अशान्तिलाई लिएर चिन्ता व्यक्त गरिसकेकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीके आशा व्यक्त गरेकी छन्, अन्तरिम सरकारको अवधिमा बंगाल र नेपालको मधुर सम्बन्ध कायम रहनेछ। शनिवार उनले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिँदै विश्वास व्यक्त गरिन्, मित्रता एवं सहयोग अटुट रहनेछ।
शनिवार सोशल मीडियामा ममताले लेखिन्, “नेपालको अन्तरिम प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकोमा म माननीय सुशिला कार्कीलई आफ्नो शुभकामना दिन्छु।।” उनले अझ लेखिन्, “पश्चिम बंगालको नेपालसित सीमा गाँसिएको छ र दुवै देशका जनताबीच घनिष्ठ सम्बन्ध छ। हामी छिमेकीको रूपमा मित्रता अनि सहयोगको गहिरो सम्बन्धलाई अगाड़ि बढ़ाउनका लागि उत्सुक छौं।”
सुशिला कार्की नेपालको इतिहासमा पहिलो महिला सुप्रीम कोर्टकी मुख्य न्यायाधीश रहिसकेकी छन् भने अब 72 वर्षको उमेर उनी नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। उनले गए शुक्रवार राती राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शपथ ग्रहण गरिन्।
गत मंगलवार के. पी. शर्मा ओलीले राजीनामा दिएपछि आन्दोलनकारीहरूको एक वर्गले काठमाण्डौंका निर्दलीय मेयर तथा लोकप्रिय ऱ्यापर बलेन्द्र शाह (बालेन)-को नाम अघिल्लो प्रधानमन्त्रीको रूपमा सुझाएका थिए। तर अन्ततः आन्दोलनकारीहरूको एउटा ठूलो समूहले सुशिला कार्कीलाई समर्थन गऱ्यो जसपश्चात उनी अन्तरिम प्रधानमन्त्री बनिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा