कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। नेपालमा हालै सृजित राजनीतिक संकटबीच त्यहाँ फसेका भारतीयहरूलाई स्वदेश फर्काउने क्रम जारी छ। पश्चिम बंगालको बाँकुड़ा जिल्लाका दशजना प्रवासी श्रमिकहरू अब सुरक्षित घर फर्केका छन्। यिनीहरूमध्ये सातजना श्रमिकहरू हीराबाँध ब्लकको मोलियान क्षेत्रस्थित लाल बजार गाउँका हुन् भने दुईजना सिमलापालको लक्ष्मी सागर अनि एकजना विष्णुपुरका निवासी हुन्।
ये सबै श्रमिकहरूले नेपालको बीरगञ्जमा काँसा-पितलका वर्तनहरू बनाउने फ्याक्ट्रीमा काम गर्दै आइरहेका थिए। वर्तमान नेपालको राजनीतिक संकटको कारणले यिनीहरू फ्याक्ट्रीभित्रै फसेका थिए। केही दिनसम्म भय अनि अनिश्चितता झेलेपछि अन्ततः सुरक्षित देश फर्केका छन्।
लाल बजार निवासी प्रशान्त कर्मकारले शनिवार बताए, पछिल्लो बिहीवार अपरान्ह केही समयको लागि कर्फ्यूमा छुट दिइएको थियो। यसै अवधि उनले साथीहरूसित मिलेर एउटा वाहनलाई भाड़ामा लिएर नेपालको बीरगञ्जदेखि 15 किलोमीटरको यात्रा तय गरे। त्यसपछि 10 किलोमीटर पैदल हिँड़ेर उनीहरू बीरगञ्ज-रक्सौल बोर्डरमा पुगे। धेरैवटा ठाउँमा जाँच भयो, तर उनीहरूले आधार कार्ड देखाएको कारणले उनीहरूलाई छोड़िदिए। रक्सौल स्टेशनमा पुगेपछि राती 9 बजेको ट्रेनमा सवार भएर शुक्रवार बिहान दुर्गापुर आइपुगे अनि यहाँबाट भाड़ाको वाहनमा बाँकुड़ा फर्किए। उनले अझ बताए, अहिले पनि उनीहरूको क्षेत्रका तीन सयभन्दा अधिक मानिसहरू काठमाण्डौं, बीरगञ्ज, नेपालगञ्ज एवं धरान जस्ता ठाउँहरूमा फसेका छन्। उनले बताए, “मेरो भाइ पनि धरानमै छ। हामी चाहन्छौ सबै सुरक्षित घर फर्किउन् र त्यहाँको स्थिति पनि शान्त होस्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा