कुवामा हाम फालेर नगरनिगम कर्मचारीले गरे आत्महत्या
कुवामा हाम फालेर नगरनिगम कर्मचारीले गरे आत्महत्या


सिलगढ़ी, 13 सेप्टेम्बर (हि.स)। सिलगढ़ीको वार्ड नम्बर- 37 मा नगरनिगमका एकजना कर्मचारीले कुवामा हाम फालेर आत्महत्या गरेका छन्। मृतकको पहिचान नेताजीपल्ली निवासी सुदीप्त राय (50)-को रूपमा भएको छ।

सूत्रों अनुसार गए शुक्रवार राती सुदीप्त सामान्य रूपमा खाना खाएर सुतेका थिए। बिहान तिनकी पत्नी उठेर हेर्दा तिनलाई ओछ्यानमा पाइन। तिनकी पत्नी तिनलाई खोज्दै वार्ड कार्यालयसम्म पुगी, तर त्यहाँ पनि तिनी थिएऩन्। घरमा फर्केर आउँदा कुवाको छेउमा चौकी देखेर शंका लाग्यो। त्यसपछि आशीघर चौकीको पुलिस र दमकल विभागलाई सूचित गरियो। पुलिस र दमकल विभागका कर्मचारीहरूले घटनास्थलमा आएर कुवाभित्रबाट शवलाई बाहिर निकाले। त्यसपछि शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande