प्रधानमन्त्री मोदीको असम भ्रमणः दरंग पुलिसले जरी गऱ्यो ट्राफिक दिशानिर्देश
प्रधानमन्त्री मोदीको असम भ्रमणः दरंग पुलिसले जरी गऱ्यो ट्राफिक दिशानिर्देश


दरंग (असम), 13 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र आइतवार दरंग जिल्लाको भ्रमणमा आइरहेका छन्। उनको स्वागतको तयारी लगभग पूरा भइसकेको छ। 14 सेप्टेम्बरको दिन मंगलदै नजिक एक विशाल जनसभा आयोजना भइरहेको छ जसमा एक लाखभन्दा अधिक मानिसहरू सामेल हुने सम्भावना छ।

कार्यक्रमलाई केन्द्र गर्दै दरंग पुलिसले ट्राफिक एडभाइजरी जारी गरेको छ। 13 सेप्टेम्बरको आधा रातदेखि लिएर 14 सेप्टेम्बरको आधा रातसम्म एऩएच-15मा भारी व्यवसायिक वाहनहरूको परिचालन प्रतिबन्धित रहनेछ। यो प्रतिबन्ध कामरूप जिल्लाको हाईहाटा चरियालीदेखि लिएर तेजपुरको मिशन चरियालीसम्म लागू हुनेछ।

जारी दिशानिर्देश अनुसार बाईहाटा चरियालीदेखि मंगलदै जाने वाहन औलाचौका–जनाराम चौका–इसलामपुर–करिमगञ्जको मार्ग हुँदै केरीमेरी चौकमा एनएच -15सित जोड़िनेछ। तेजपुरदेखि आउने हल्का वाहनहरूले यही मार्गलाई उल्टो क्रममा प्रयोग गर्नेछन्।

वरिष्ठ पुलिस अधीक्षक प्रकाश सोनोवालले मानिसहरूसित अपील गरेका छन्, 14 सेप्टेम्बरमा तेजपुरदेखि गुवहाटी जानको लागि मंगलदै हुँदै एऩएच-15 लाई प्रयोग गर्नको सट्टा तेजपुर–नगाउँ–गुवाहाटी मार्ग वा रौता हुँदै उदालगुड़ी–गोरेश्वरको मार्ग अथवा उदालगुड़ी–तामुलपुर मार्गलाई प्रयोग गरौं।

पुलिसले प्रधानमन्त्रीको दौड़ाहलाई ध्यानमा राखेर यातायातलाई सुचारू रूपमा संचालन गर्नको लागि दिशानिर्देशहरूलाई पालन गर्ने अपील समेत गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande