जादवपुर विश्वविद्यालय परिसरमा छात्राको मृत्यु डुबेर भएको पोस्टमर्टम रिपोर्टमा खुलासा
जादवपुर विश्वविद्यालय परिसरमा छात्राको मृत्यु डुबेर भएको पोस्टमर्टम रिपोर्टमा खुलासा


कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। जादवपुर विश्वविद्यालय परिसरमा गत बिहीवार राती तेस्रो वर्षकी छात्राको मृत्यु डुबेर भएको थियो। पोस्टमर्टम रिपोर्टमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, छात्राको फोक्सोमा पानी भेटियो र उसको शरीरमा कुनै पनि प्रकारको आन्तरिक बाह्य चोट पाइएन।

निमता (उत्तर 24 परगना)- की 21 वर्षीय अनामिका मण्डल अंग्रेजी विभागकी स्नातक छात्रा थिइन्। गुत बिहीवार राती लगभ 10:30 बजे उनलाई विद्यालय परिसरमा अवस्थित एउटा ठूलो जलाशयमा अचेत अवस्थामा भेटियो। त्यसबेला गेट नम्बर चार नजिक पार्किग क्षेत्रमा नाट्य क्लबद्वारा आयोजित सांस्कृतिक कार्यक्रम भइरहेको थियो जसमा अनामिका पनि सामेल थिइन्। सहपाठी तथा विश्वविद्यालयका सुरक्षा कर्मीहरूले तिनलाई तुरून्त नजिकैको केपीसी अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

पोस्टमार्टम पश्चात प्रारम्भिक रिपोर्टमा मृत्युको कारण डुब्नु रहेको बताइएको छ। अब आन्तरिक जाँचको लागि प्रक्रिया शुरू गरिएको छ। तथापि अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि छात्रा जलाशयभित्र कसरी झरिन्।

पुलिसले मामिलालाई अस्वभाविक मृत्युको रूपमा दर्ता गरी सम्पूर्ण क्षेत्रलाई सील गरिदिएको छ। जाँचमा यो पनि हेरिँदैछ कि घटनामा कुनै प्रकारको षड़यन्त्र वा कुनै व्यक्तिको संलिप्तता त छैन। फोरेन्सिक विशेषज्ञले पनि मामिलाको गहिराईपूर्वक जाँच गरिरहेका छन्।

यसबीच सुप्रीम कोर्टद्वारा गठित राष्ट्रिय टास्क फोर्सले गए शुक्रवार जादवपुर विश्वविद्यालयको दौड़ाह गऱ्यो। यो टीमले देशभरि नै उच्च संस्थाहरूमा विद्यार्थीहरूको बढ़्दो मृत्युको घटनालाई लिएर जाँच गरिरहेको छ। यसपूर्व यो टीम पश्चिम मेदिनीपुरको आईआईटी खड़गपुरमा पनि गएको थियो जहाँ यसै वर्ष न्यूनतम चारजना विद्यार्थीहरूले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ।

टीमका सदस्य अरमान अलीले बताए, उनीहरूले विश्वविद्यालयका शिक्षक अनि विद्यार्थीहरूसित भिन्न-भिन्न बातचित गरेका छन् र रिपोर्ट सुप्रीम कोर्टलाई सुम्पिनेछन्। यस अवधि विद्यार्थीहरूले धेरैवटा सिकायतहरू गरे जस्तै जातिगत भेदभाव, कमजोर अंग्रेजी भएका विद्यार्थीहरूको अपमान, पारिवारिक पृष्ठभूमिको आधारमा शिक्षकहरूको अलग-अलग व्यवहार, मनोवैज्ञानिक परामर्शको अभाव, ऱ्यागिंगमाथि पर्याप्त निगरानी नहुनु, बाहिरका मानिसहरूको दादागिरी, क्याम्पसमा सुरक्षाको अभाव तथा सीसीटीभी कभरेजको अभाव।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande