पूजा शपिंगमा वर्षाको मार, केही जिल्लाहरूमा फेरि भारी वर्षाको अलर्ट
पूजा शपिंगमा वर्षाको मार, केही जिल्लाहरूमा फेरि भारी वर्षाको अलर्ट


कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजापूर्व किनमेल गर्ने तयारीमा वर्षाको प्रभाव पर्नसक्छ। पछिल्लो केही दिनदेखिको राजधानी कोलकाता सहित दक्षिण बंगालमा आद्रतापूर्ण गर्मी कायम छ। गए शुक्रवार केही जिल्लाहरूमा हल्का वर्षा भए पनि यसबाट झन् असुविधा बढ़ेको छ। अब शनिवार मौसम विभागले चेताउनी दिएको छ, आइतवार र सोमवार फेरि घना वर्षाको सिलसिला शुरू हुनसक्छ।

अलिपुर मौसम विभाग अनुसार शनिवार वर्षाको तीव्रता केही कम हुनेछ। तथापि हावामा नमी अधिक रहनाले मानिसहरूले राहत पाउने छैनन्। यस दिन उत्तर र दक्षिण 24 परगना, पूर्व-पश्चिम मेदिनीपुर, हावड़ा, नदिया औ मुर्शिदाबादमा हल्का पानी पर्नसक्छ।

आइतवार दक्षिण बंगालका केही जिल्लाहरूमा वर्षाको मात्रा बढ़्नेछ। मौसम विभागले बतायो, तटीय तथा पूर्वी भागमा मेघ गर्जनसितै वर्षा हुनेछ।घना वर्षा हुने सम्भावना रहेका जिल्लाहरूमा उत्तर एवं दक्षिण 24 परगना, पूर्व-पश्चिम बर्धमान, बीरभूम, नदिया, कोलकाता, हावड़ा तथा हुगली सामेल छन्। यी क्षेत्रहरूमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। सोमवार पनि दिनभरि दक्षिण बंगालमा वर्षा हुने अऩुमान छ।

उत्तर बंगालको मौसम एकदमै भिन्न रहनेछ। शनिवार अलिपुरद्वार, दार्जीलिङ, जलपाईगुड़ी र उत्तर दिनाजपुरमा घना वर्षाको अलर्ट जारी गरिएको छ। यहाँ पनि 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ। आगामी मंगलवार अनि बुधवारसम्म वर्षाको तीव्रता केही घटे पनि महालयभन्दा एक दिनपूर्व शनिवार फेरि वर्षा बढ़्ने आशंका छ।

शनिवार कोलकाताको अधिकतम तापमान 32 डिग्री तथा न्यूनतम तापमान 28 डिग्री सेल्सियस वरपर रहने अऩुमान छ। बितेको अधिकतम तापमान 32.9 डिग्री औ न्यूनतम तापमान 28.1 डिग्री सेल्सियस दर्ता गरिएको थियो। नमीको स्तर अधिकतम 91 प्रतिशत र न्यूनतम 73 प्रतिशत रह्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande