कोलकाता, 13 सेप्टेम्बर (हि.स.) पश्चिम बंगालको जादवपुर विश्वविद्यालय परिसरमा तेस्रो वर्षकी एकजना छात्राको संदिग्ध मृत्युपछि प्रशासनले सुरक्षाको ठोस प्रबन्ध गरेको छ। विश्वविद्यालयद्वारा जारी परिपत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, अब परिसरमा कुनै पनि प्रकारको लापरवाही वा अनुशासनहीनतालाई सहन गरिनेछैन।
परिपत्र अनुसार अब विश्वविद्यालयमा प्रवेश गर्नको लागि वैध पहिचान पत्र देखाउन अनिवार्य हुनेछ। राती 7 बजेदेखि बिहान 7 बजेसम्म विश्वविद्यालयद्वारा जारी पहिचान पत्र मात्र मान्य हुनेछ। बाहिरका मानिसहरूले प्रवेश गर्नपूर्व पहिचान पत्र दिनुपर्छ अनि जोसित भेट गर्न आएको हो उसको नाम, फोन नम्बर गेटमा दर्ता गर्नुपर्छ।
यस अतिरिक्त परिसरमा प्रवेश गर्ने सबै वाहनहरूसित विश्वविद्यालयको पार्किंग स्टिकर हुन आवश्यक छ। स्टिकर नभएका वाहनहरूले पञ्जीकरण नम्बर र चालक-यात्रीहरूको जानकारी सुरक्षा कर्मीहरूकहाँ दर्ता गराउनुपर्छ।
विश्वविद्यालयले कड़ा कदम चाल्दै परिसरमा नशालु पदार्छ, मदिरा वा कुनै पनि प्रकारको अवैध गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाएको छ। यी नियमहरूको उल्लंघन गर्नेहरूविरूद्ध कानून अन्तर्गत कारबाही गरिनेछ। साथै परिसरमा बिहान र साँझ घुम्ने वा आम बाटोको रूपमा प्रयोग ग र्नेमाथि प्रतिबन्ध लगाइदिएको छ।
स्मरण गराइन्छ, जादवपुर विश्वविद्यालय हालैमा शिक्षा मन्त्रालयद्वारा जारी राष्ट्रिय संस्थागत ऱ्याकिंग फ्रेमवर्क-2025 मा देशकै सर्वश्रेष्ठ राज्य विश्वविद्यालय घोषित भएको थियो। साथै विश्वविद्यालयले समग्र श्रेणीमा नवौं स्थान हासिल गरेको थियो। त्यसैले परिसरमा भएको छात्राको संदिग्ध मृत्युले संस्थानको छविमाथि गम्भीर प्रश्न उठाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा