कुचबिहारः ग्रामीणहरूले सड़कमा धान रोपेर विरोध प्रदर्शन गरे
कुचबिहारः ग्रामीणहरूले सड़कमा धान रोपेर विरोध प्रदर्शन गरे


कुचबिहार, 13 सेप्टेम्बर (हि.स)। जीर्ण सड़कको कारणले विविध समस्याको सामना गरिरहेका कुचबिहारको गोरस्थान रोड क्षेत्रका मानिसहरूले आज अनौठो विरोध प्रदर्शन गरेको देखियो। गाउँका मानिसहरूले मुख्य सड़कको दुर्दशादेखि दिक्क भएर भत्किएको सड़कमै धान रोपाई गरे। साथै उनीहरूले बाँस गाड़ेर टायर बालेर सड़क जाम गरे।

स्थानीय मानिसहरूले बताए, यो सड़कले कलाबागान चौपतीदेखि क्यान्सर सेन्टरसम्म राष्ट्रिय राजमार्ग- 17 लाई जोड़्छ। पार्षददेखि लिएर लोक निर्माण विभागसम्मलाई बारम्बार अनुरोध गर्दा पनि कुनै समाधान हुन सकेको छैन। विगात समयदेखिकै मरम्मत नभएको कारणले यस महत्वपूर्ण सड़कमा ठूल्ठूला खाल्डोहरू परेका छन्। वर्षामा यी खाल्डोहरूमा पानी भरिन्छ जसले गर्दा दिनहुँ सानो-ठूलो दुर्घटनाहरू हुँदै आइरहेको छ। त्यसैले ग्रामीणहरूले पूजापूर्व सड़क मरम्मतको मागलाई लिएर सड़कमा धान रोपी विरोध व्यक्त गरेका हुन्।ग्रामीणहरूले यधाशीघ्र सड़कको मरम्मत गरिएऩ भने लगातार आन्दोलन गर्ने चेताउनी दिएका छन्।

अर्कोतिर सूचना पाउनसाथ कोतवाली थानाको पुलिस घटनास्थलमा पुग्यो। वार्ड नम्बर तीनकी पार्षद माया साहाले भनिन्, यस सड़कमा समय-समयमा दुर्घटनाहरू हुँदै आएका छन्। लोक निर्माण विभागलाई कैयौं पटक मामिलाको जानकारी गराइसकिएको छ। जिल्ला परिषद अध्यक्षलाई पनि यस मामिला बारे अवगत गराइसकिएको छ, तर अहिलेसम्म सड़कको मरम्मत हुन सकेको छैन। त्यसैले ग्रामीणहरूले आन्दोलन गर्नु स्वभाविक हो। यता लोक निर्माण विभागका कार्यकारी अभियन्ता मृण्मय देबनाथले भने, सड़क लोक निर्माण विभागको अधिकार क्षेत्रमा छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande