ट्रेनको चपेटमा परी युवकको मृत्यु
ट्रेनको चपेटमा परी युवकको मृत्यु


डिब्रुगढ़ (असम), 13 सेप्टेम्बर (हि.स.)। डिब्रुगढ़को उपनगर क्षेत्र चाउलखोवामा शनिवार बिहान ट्रेनको चपेटमा परी एकजना युवकको मृत्यु भयो। मृतकयुवकको पहिचान चाउलखोवा ग्राऩ्ट गाउँका फैजुर अली (25)-को रूपमा भएको छ।

बाइक (एएस-06के-3973) सवार युवक बिहान चाउलखोवामा रेलवे क्रसिंग पार गरिरहेको बेला द्रूत गतिको ट्रेनको चपेटमा परेका थिए। घटनापछि युवकको घटनास्थलमै मृत्युभयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande