कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा शिक्षक भर्ती घोटालाको जाँच गरिरहेको केन्द्रिय जांच ब्यूरो (सीबीआई)-ले महत्वपूर्ण जानकारी हासिल गरेको छ। एजेन्सी अनुसार पूर्व शिक्षामन्त्री तथा तृणमूल कंग्रेसका महासचिव पार्थ च्यटर्जीले अधिकारीहरूको बारम्बार स्थानान्तरण तथा फेरबदललाई आफ्नो ठूलो रणनीति बनाएका थिए। यसैको माध्यमबाट उनले लामो समयसम्म गड़बड़ीलाई परिणाम दिए अनि शंका उठ्ने सम्भावनालाई न्यून बनाए।
पश्चिम बंगाल स्कूल सेवा आयोग (डब्ल्यूबीएसएससी)-ले राज्यका माध्यमिक औ उच्च माध्यमिक स्कूलहरूमा शिक्षक तथा अशिक्षण (ग्रुप-सी र ग्रुप-डी) कर्मचारीहरूलाई भर्ती गर्दछ। यसै आयोगको माध्यमबाट वर्ष 2012-मा भएको 25,753 भर्तीलाई यस वर्ष उच्चतम न्यायालयले रद्द गरिदिएको थियों। अदालतले भर्ती प्रक्रियामा व्यापक मात्रामा अनियमितता भएको बताएको थियो।
जाँचमा थाहा लाग्यो, च्यटर्जीले सबैभन्दा पहिला आफ्ना विश्वासिलो वरिष्ठ अधिकारीहरूको एउटा विशेष टीम बनाए। यस टीममा पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डका पूर्व अध्यक्ष कल्याणमय गांगोपाध्याय, डब्ल्यूबीएसएससीका पूर्व अध्यक्ष सुबिरश भट्टचार्य, स्क्रीनिंग कमिटी प्रमुख एसपी सिन्हा, पूर्व सचिव अशोक साहा सहित केही नामहरू सामेल थिए। यिनीहरूमाथि पहिला नै आरोप तय भइसकेको छ।
त्यसपछि तल्लो स्तरमा काम गर्ने अधिकारीहरूलाई बारम्बार स्थानान्तरण गर्ने क्रम चलिरह्यो। यिनीहरूको काम डाटामा हेरफेर गर्नुथ्यो। लगातार स्थानान्तरणको कारणले कुनै पनि अधिकारीले यस गड़बड़ीको पूर्ण तस्वीरलाई बुझ्न सकेनन्। सीबीआई सूत्रको भनाइ छ, राजनीतिमा आउनअघि पार्थ च्यटर्जीलाई राम्रो मानव संसाधन प्रबन्धक मानिन्थ्यो, तर उनले त्यही योग्यताको प्रयोग अवैध सिस्टम बनाउनमा गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा