मोरीगाउँ मैराबाड़ी पुलिसले भगौड़े साइबर अपराधीलाई फेरि समात्यो
मोरीगाउँ मैराबाड़ी पुलिसले भगौड़े साइबर अपराधीलाई फेरि समात्यो


मोरीगाउँ (असम), 14 सेप्टेम्बर (हि.स.)। मोरीगाउँको मैराबाड़ी पुलिसले भगौड़ा साइबर अपराधी इनामुल हकलाई बोवालगुरीबाट पुनः पक्राउ गरेको छ। इनामुल आदित्य बिर्लालसित मिलेर केही वित्तीय संस्थानहरूबाट धन हड़पेको मामिलामा सामेल थियो।

मैराबाड़ी थानामा दर्ता केस नम्बर 178/24 अन्तर्गत उसलाई पक्राउ गरियो। पुलिस अनुसार यस मामिलामा अहिलेसम्ममा पचासभन्दा अधिक आरोपीहरूलाई पक्राउ गरिसकिएको छ भने एकजना आरोपीको सम्पत्ति पनि जफत गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande