भुटानमा मृदुला श्रीवास्तवको व्यंग्य संग्रहको विमोचन
भुटानमा मृदुला श्रीवास्तवको व्यंग्य संग्रहको विमोचन


शिमला, 14 सेप्टेम्बर (हि.स.)। भुटानको राजधानी थिम्पुमा आयोजित भुटान-भारत साहित्य महोत्सवमा हिमाचल प्रदेशकी वरिष्ठ साहित्यकार मृदुला श्रीवास्तवको व्यंग्य संग्रह 'आलस्यमेव जयते'- को विमोचन गरियो। उनलाई 'अन्तर्राष्ट्रिय साहित्य शिरोमणि सम्मान'-द्वारा अलंकृत पनि गरियो। यस अवसरमा मस्को, रूसबाट आएका कवि श्वेता सिंह 'उमा' मुख्य अतिथि औ भुटानकी प्रमुख युवा कवि सीतामाया राई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

क्रान्तिधरा साहित्य अकादमीद्वारा भुटानका साहित्यिक संस्थाहरूको सहयोगमा हिन्दी दिवसको अवसरमा आयोजित कार्यक्रममा भारतका विभिन्न राज्यहरू सहित नेपाल, भुटान, रूस औ अमेरिका जस्ता देशहरूबाट पनि साहित्यकारहरू आएका थिए।

अकादमीका अध्यक्ष एवं कार्यक्रमका संयोजक डा. विजय पण्डितले भने, मृदुला श्रीवास्तवले दुई चर्चित कथा संग्रह क्रमैले 'काश पंडोरी न होती' र 'जलपाश' समाजलाई सुम्पिएपछि व्यंग्यको दुनियाँमा कदम राखिन्।

संग्रह 'आलस्यमेव जयते'- मा 40 वटा व्यंग्य-रचनाहरूलाई समावेस गरिएको छ। यो अनौठो कथामय शैली एवं भाषागत फूर्तिले युक्त एक अद्भुत पुस्तक हो। मृदुला श्रीवास्तवका कथाहरू अनेकौं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पत्रिकाहरूमा प्रकाशित भइसकेका छन्। उनका कथाहरूको अनुवाद अंग्रेजी, फ्रेन्च र नेपालीमा पनि भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande