धुबड़ी (असम), 14 सेप्टेम्बर (हि.स.)। गौरीपुर थाना पुलिसले पश्चिम बंगाल पुलिसको सहयोगमा एक वाहन चोरी गिरोहविरूद्ध ठूलो कारबाही गर्दै 12 चक्के ट्रकलाई जफत गरेको छ। यो ट्रक पश्चिम बंगालबाट चोरी गरिएको थियो भने गौरीपुरको पानबाड़ी क्षेत्रमा नम्बर प्लेट परिवर्तन गर्ने क्रममा पुलिसको कब्जामा लिएको थियो।
संयुक्त अभियानमा पुलिसले गिरोहका दुईजना सदस्यहरूलाई पक्राउ गरेको छ जसको पहिचान झोगराबाड़ीको सहजमल शेख र कोकराझाड़को फकिराग्राम निवासी अल फारूकको रूपमा भएको छ। तथापि गिरोहका अन्य दुईजना सदस्य भने घटनास्थलबाट भाग्न सफल भए। पुलिसले घटनास्थलबाट चोरेको ट्रक र एउटा अल्टो कार (एएस-19ईके-2921)-लाई पनि जफत गरेको छ जसको प्रयोग गिरोहले गरिरहेको थियो। हाल पुलिसले भगौड़ा आरोपीहरूलाई खोजिरहेको छ भने अर्कोतिर सम्पूर्ण मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा