कोकराझार (असम), 14 सेप्टेम्बर (हि.स.)। असमको कोकराझारमा यूनाइटेड पीपुल्स पार्टी लिबरल (यूपीपीएल)-ले आइतवार बोड़ोल्याण्ड टेरिटोरियल काउन्सिल (बीटीसी)-को आगामी 22 सेप्टेम्बरमा सम्पन्न हुने चुनाउको निम्ति आफ्नो चुनावी घोषणा पत्र जारी गऱ्यो। कोकराझारको तितागुड़ीस्थित चुनावी प्रबन्धन समितिको कार्यालयमा चुनावी घोषणा पत्रको विमोचन यूपीपीएलका अध्यक्ष प्रमोद बोडोले गरे। यस अवसरमा असम सरकारका मन्त्री उर्खाउ गौरा ब्रह्म, सांसद जयन्त बसुमतारी उपस्थित थिए।
घोषणा पत्रको विमोचन पश्चात प्रमोद बोड़ोले भने, बोड़ो भूमिमा स्वस्थ एवं शान्ति बहाल गर्नु नै यूपीपीएलको मुख्य लक्ष्य हो। यसै लक्ष्यलाई अगाड़ि राखेर पार्टीले पछिल्लो पाँच वर्षदेखिको काम गर्दै आइरहेको छ। यसको परिणामस्वरूप बीटीसीमा स्थायी शान्ति आएको पनि छ। बीटीसीमा शान्ति स्थापना भएको कारणले जनता स्वतःस्फूर्त रूपमा बाहिर आइरहेका छन्। यस अवधि चुनावी घोषणा पत्र लगायत पार्टीको घोषणा पत्र र ग्यारण्टी कार्ड पनि जारी गरियो।
यूपीपीएलको घोषणा पत्रमा मुख्य रूपमा आमा, माटो, जाति, शिक्षा र शान्तिलाई सामेल गरिएको छ। बीटीसीको प्रत्येक क्षेत्रमा महिलाहरूद्वारा संचालित महिला बजार स्थापना गर्ने यूपीपीएलले वाचा गरेको छ।
प्रमोद बोड़ोले भने, अरुणोदय योजनाका लाभार्थीहरूलाई अतिरिक्त रूपमा 250 रुपियाँ दिइनेछ। 125औं संविधान संशोधनसित बीटीआर सम्झौता जोड़िएको छ। नेरेटिभ बनाउनका लागि धेरैजना मानिसहरूले नानाथरीका कुराहरू गरिरहेका छन्। प्रमोद बोड़ोले बीटीसीमा फेरि यूपीपीएलको नेतृत्वमा परिषदको सरकार गठन हुने भरोसा पनि व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा