मोरीगाउँ (असम), 14 सेप्टेम्बर (हि.स.)। मोरीगाउँ जिल्लाको मैराबाड़ी क्षेत्र अन्तर्गत वेलोगोरी गाउँमा एउटा अजिङ्गर भेटियो जसले गर्दा सम्पूर्ण क्षेत्रमा खैलाबैला मचियो। यो अजिङ्गरलाई गाउँकै अब्दौर रहमानको घर नजिक भेटिएको थियो। घटना बारे हल्ला फैलिनसाथ ग्रामीणहरूमा भय व्याप्त भयो। पछि सूचना पाएर वनविभागको टीम राती 9 बजे घटनास्थलमा पुग्यो अनि अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गऱ्यो। वन विभागीय कर्मचारीहरूले अजिङ्गरलाई बोरामा हालेर जंगलमा छोड़्नको लागि आफूसितै लिएर गए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा