नगाउँ (असम), 14 सेप्टेम्बर (हि.स.)। नगाउँ जिल्लाको जबरा खावा उपप्रभागीय वन विभाग कार्यालयमा पुलिसले छापा मारेर जुवा खेलिरहेका चारजना जुवाड़ेहरूलाई पक्राउ गरेको छ। यी आरोपीहरूमा वन विभागका एकजना बीट अफिसर पनि सामेल छन्।
सूत्र अनुसार सरकारी कार्यालयमा जुवा खेलेको सिकायत प्राप्त भइरहेको थयो। यसैको आधारमा पुलिसले छापामारीको कारबाही गऱ्यो। कारबाही अवधि पुलिसले जुवा खेल्ने उपकरण, नगद राशि र एउटा वाहनलाई पनि जफत गरेको छ। पक्रा पर्ने आरोपीहरूमा बीट अफसर मुकुट बर्मन सहित अन्य तीनजना सामेल छन्। सबैलाई डबका थानामा जाँचबुझको लागि राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा