रायपुरमा न्यूड पार्टीः विधायक मिश्राले अबेर रातीसम्म क्लब पार्टीमाथि लगाम कस्ने माग मुख्यमन्त्रीसित गर्ने
रायपुरमा न्यूड पार्टीः विधायक मिश्राले अबेर रातीसम्म क्लब पार्टीमाथि लगाम कस्ने माग मुख्यमन्त्रीसित गर्ने


रायपुर, 14 सेप्टेम्बर (हि.स.)। राजधानी रायपुरमा न्यूड पार्टीको आयोजनलाई लिएर राजनीतिक वातावरण तातिएको छ। आम मानिसहरूमाझ आइरहेको प्रतिक्रियालाई मध्यनजर गर्दै रायपुर उत्तरका विधायक पुरंदर मिश्राले भने, म मुख्यमन्त्री विष्णुदेव सायसित भेट गरी अबेर रातीसम्म गरिने क्लब पार्टीहरूमा लगाम कस्ने माग गर्नेछु।

रायपुर उत्तर विधायक पुरंदर मिश्राले आइतवार मीडियासित चर्चा गर्दै भने, आयोजकहरूले जे गरिरहेका छन् त्यो महापाप हो। यसो गर्नाले आगामी दिनहरू धेरै कठिन हुनेछन्। उनले आयोजकहरूसित भने, यस्तो आयोजन नगरियोस् जसबाट हाम्रो संस्कृति-संस्कारको अस्तित्व नै मेटिनेछ।

अर्कोतिर बिजुलीको बिललाई लिएर नेता प्रतिपक्ष चरण दास महन्तद्वारा उठाइएको प्रश्नमा विधायक मिश्राले भने, कंग्रेसले मानिसहरूलाई भड़्काइरहेको छ। आगामी दिनमा पीएम सूर्य घर योजना लागू हुनेछ। मलाई लाग्दैन कि यस सुविधापछि कसैलाई नोक्सान हुनेछ। जनतालाई बिजुलीको बिल बढ़ेको जस्तो लागिरहेको छ, तर आगामी 25 वर्षसम्म उनीहरूलाई निःशुल्क बिजुली उपलब्ध गराउने हाम्रो योजना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande