रायपुर, 14 सेप्टेम्बर (हि.स.)। राजधानी रायपुरमा अश्लील न्यूड पार्टी आयोजन गर्ने आयोजक- प्रायोजक औ सोशल मीडियामा निमन्त्रण पठाउनेहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गर्दै छत्तीसगढ़ राज्य महिला आयोगद्वारा यस मामिलालाई स्वतः संज्ञानमा लिइएको छ।
राज्य महिला आयोग अध्यक्ष डा. किरणमयी नायकले बताइन्, यस मामिलाको जाँच स्वयं रायपुर पुलिस अधीक्षक र साइबर सेल प्रमुखले गर्नेछन्। अधिकारीहरूले आगामी दुई दिनभित्रमा जाँचको रिपोर्ट महिला आयोगमा पठाउनेछन्।साथै अन्तिम व्यक्तिलाई पक्राउ नगरूञ्जेलसम्म हरेक दिनको प्रगति रिपोर्ट पठाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा