गान्तोक, 14 सेप्टेम्बर (हि.स.)। गेजिङ जिल्लाको 19- सार्दोङ लुङ्गजिक जीपीयूका पञ्चायत अध्यक्ष राजेन गुरुङको पैह्रोको चपेटमा परेर मृत्यु भएको छ। अबेर रातिसम्म चलाइएको राहत एवं उद्धार कार्यपछि मृतक गुरुङको शव बरामद गरिएको छ।
शनिवार अबेर राति अप्पर सार्दोङ अन्तर्गत लामा गाउॅं वार्डमा पैह्रो जॉंदा 19- सार्दोङ लुङ्गजिक जीपीयूका पञ्चायत अध्यक्ष राजेन गुरुङको मृत्यु भयो। घटना मृतकको घर छेउमा भएको बताइएको छ। सूचना पाउनसाथ स्थानीय मानिसहरू र प्रशासनको अथक प्रयासपछि मृतकको शव उद्धार गरियो। भारी वर्षाबीच राहत एवं उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको थियो।
लगातार रूपमा परिरहेको भारी वर्षाले सिक्किममा जनधनलाई निकै क्षति पुऱ्याइरहेको छ। विशेष रूपमा पश्चिम सिक्किममा पैह्रोको चपेटमा परेर अहिलेसम्म पॉंच जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।
हिन्दुस्थान समाचार / बिशाल