कोलकाता, 15 सेप्टेम्बर (हि.स)। मुर्शिदाबाद जिल्लाको रानीनगर क्षेत्रमा गए आइतवार राति बम बनाउँदै गर्दा विस्फोट भयो। यस दुर्घटनामा एक जना युवक घाइते भए। यस मामिलामा पुलिसले तीन जना मानिसहरूलाई हिरासतमा लिएको छ।
पुलिस अधिकारीहरूले बताए, प्रारम्भिक जाँचमा थाहा लागे अनुसार चार जना मानिसहरूले मिलेर बम बनाइरहेका थिए, अचानक एउटा बम विस्फोट भयो जसको चपेटमा परी एक जना युवक गम्भीर रूपमा घाइते भए। घटनाको तुरून्तपछि स्थानीय मानिसहरूलाई पुलिसलाई सूचना दिए।
घाइते युवकलाई मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ जहाँ उसको उपचार भइरहेको छ। पुलिसले अन्य तीज नालाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ। अधिकारीहरूको भनाइ छ, मामिलाको गहन जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा