भागलपुर, 15 सेप्टेम्बर (हि.स.)। जिल्लाको सुल्तानगञ्ज पुलिले 12 घण्टाभित्रै एक जना ई-रिक्शा चालक धिरज कुमारसित अज्ञात अपराधीहरूद्वारा लुटपाट, कुटपिट गर्ने प्रयास गरिएको मामिलामा तीन जना अभियुक्तहरूलाई पक्राउ ग रेको छ।
यस मामिलामा डीएसपी नवनीत कुमारले प्रेसवार्ता आयोजना गरी सोमवार बताए, अब्जुगञ्ज निवासी ई-रिक्शा चालक धिरज कुमारलाई लुटपाट, कुटपिट गर्ने प्रयास गरिएको घटनामा घाइते धिरज कुमारको भाइ हिरा कुमारले लिखित आवेदन गरेका थिए। आवेदन पाउनसाथै एउटा टीम गठन गरियो। टीमले तीन जना अभियुक्तहरूलाई 12 घण्टाभित्रैै एउटा देशी बन्दुक, चारवटा मोबाइल फोन, तीनवटा रित्तो म्यागजिन, लुटिएको मोबाइल र ई-रिक्शासितै पक्राउ गऱ्यो।
अभियुक्तहरू क्रमैले देव ठाकुर उपनाम कल्लू साकिन छोटी मसदी, सुभाष कुमार चौधरी उपनाम राजा बड़ी मसदी औ ओमकार रजक उपनाम कालीलाई कुम्हार गल्लीबाट पक्राउ गरिएको छ। यिनीहरूमध्ये देव ठाकुर एवं ओमकार रजकको आपराधिक इतिहास पनि रहिआएको छ। यस छापामारी अभियानमा पुलिस अभर निरक्षक सञ्जय कुमार मण्डल, आशुतोष कुमार, प्रणव प्रकाश ठाकुर, सञ्जय कुमार यादव एवं सुल्तानगञ्ज थानाको सशस्त्र बल सामेल थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा