कंग्रेस पार्टी अखिल भारतीय गाली पार्टी भएको छः भूपेन्द्र सिंह चौधरी
कंग्रेस पार्टी अखिल भारतीय गाली पार्टी भएको छः भूपेन्द्र सिंह चौधरी


लखनऊ, 15 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेश भारतीय जनता पार्टी (भाजपा)- का प्रदेश अध्यक्ष भूपेन्द्र सिंह चौधरीले सोमवार कंग्रेस पार्टीमाथि लक्षित गरे। उनले कंग्रेस पार्टीलाई अमर्यादित आचरण तथा गाली पार्टीको संज्ञा समेत दिएका छन्।

भूपेन्द्र चौधरीले आफ्नो सोशल मीडिया प्लेटफर्म एक्सको पोस्टमा लेखे, लोकतन्त्रमा आफ्नो कुरा राख्ने वा कुनै कुराको लोकतान्त्रिक ढंगमा विरोध गर्ने अधिकार सबैलाई छ। तर जनताद्वारा लगातार नकारिएको कारणले हताश तथा निराश कंग्रेस पार्टीले सबै लोकतान्त्रिक मर्यादाहरूलाई दाउमा राखेर अमर्यादित आचरण तथा आशिष्टताको सबै सीमा नाघिसकेको छ।

भाजपा प्रदेश अध्यक्षले भने, उत्तर प्रदेश सरकारका मन्त्री दिनेश प्रताप सिंहको चित्रप्रति कंग्रेसीहरूले गरेको आचरणबाट साबित भएको छ कि कंग्रेसबाट मर्यादित आचरणको अपेक्षा गर्नु बेकार छ। यिनीहरूका नेताले मञ्चबाटै प्रधानमन्त्रीकी दिवंगत आमाप्रति अपशब्दहरू प्रयोग गर्दछन्। वास्तवमा कंग्रेस पार्टी अब अखिल भारतीय गाली पार्टी भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande