साहित्यकार शरतचन्द्र चट्टोपाध्यायको जयन्तीमा ममता ब्यानर्जीद्वारा श्रद्धाञ्जली अर्पित गरियो
साहित्यकार शरतचन्द्र चट्टोपाध्यायको जयन्तीमा ममता ब्यानर्जीद्वारा श्रद्धाञ्जली अर्पित गरियो


कोलकाता, 15 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले महान साहित्यकार शरतचन्द्र चट्टोपाध्यायको जयन्तीमा सोमवार उनलाई नमन् गरिन्। उनले भनिन्, शरतचन्द्रका रचनाहरूले सरल भाषामा मानवीय जीवनका सुख-दुःख, प्रेम-विरह तथा सामाजिक न्यायलाई जुन कैशलले चित्रित गर्दछ, त्यसको तुलना विश्व साहित्यमा दुर्लभ छ।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा उल्लेख गरिन्, शरतचन्द्रका अमर कृतिहरू क्रमैले ‘श्रीकांत’, ‘पथेर दाबी’, ‘दत्ता’, ‘गृहदाह’र ‘देवदास’-ले बंगाली साहित्य एवं संस्कृतिलाई मात्र समृद्ध तुल्याएको छैन जबकि त्यसलाई अमर पनि पारेको छ।

उनले बताइन्, राज्य सरकारले शरतचन्द्र चट्टोपाध्यायको निवस स्थानलाई संरक्षित एवं वकिसत गर्नको लागि केही कदम उठाएको छ। हावड़ाको देउलटीस्थित उनको हेरिटेज घरको जीर्णोद्धार गरिएको छ जहाँ अब ठूलो संख्यामा मानिसहरू दर्शन गर्न आउने गर्दछन्। पर्यटकहरूको लागि सड़क, बिजुली पानी आदिको व्यवस्था गरिएको छ। साथै त्यहाँ एउटा ‘शरत स्मृति उद्यान एवं सूचना केन्द्र’पनि बनाइँदैछ।

यस अतिरिक्त हुगलीको देवानन्दपुरमा अवस्थित उनको जन्मस्थलको नवीनीकरणको लागि सरकारले 01 करोड़ 82 लाख रुपियाँको राशिलाई स्वीकृत गरेको छ। ममता ब्यानर्जीले भनिन्, अब चाँड़ै नै सो स्थान पनि राज्यको पर्यटन मानचित्रमा प्रमुख आकर्षणको रूपमा उदाउनेछ।

मुख्यमन्त्रीले भन्तमा भनिन्, भारतीय साहित्य तथा सिनेमा शरतचन्द्र चट्टोपाध्यायप्रति सदैव ऋणी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande