कालनामा भयानक सड़क दुर्घटना, बस र डम्पर आपस्तमा ठोक्किएर 20 यात्री घाइते
कालनामा भयानक सड़क दुर्घटना, बस र डम्पर आपस्तमा ठोक्किएर 20 यात्री घाइते


पूर्व बर्दवान, 15 सेप्टेम्बर (हि.स.)। पूर्व बर्दवान जिल्लाको कालनास्थित नन्दाई दुर्गापुर रेलगेट निकट सोमवार बिहान एउटा निजी बस र डम्पर आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा न्यूततम 20 जना यात्रीहरू घाइते भए। सबै घाइते यात्रीहरूलाई स्थानीय मानिसहरूको सहयोगमा तत्काल कालना महकुमा अस्पतालमा लगियो जहाँ कतिपय यात्रीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

स्थानीय सूत्र अनुसार यात्रीहरूले भरिएको बस सोमवार कृष्णानगरदेखि आसनसोल तर्फ गइरहेको थियो। यसै क्रममा विपरीत दिशाबाट आएको डम्बरले एउटा टोटोलाई ओभरटेक गर्ने प्रयास गर्दा नियन्त्रण गुमायो अनि द्रूत गतिमा आइरहेको बससित ठोक्कियो। यस भयानक घटनामा बसको पूर्ण रूपले क्षतिग्रस्त भएको छ भने अधिकांश यात्रीहरू नै घाइते भएका छन्।

दुर्घटनापछि तुरून्तै स्थानीय मानिसहरूले बचाउ कार्य शुरू गरे। पछि पुलिस पनि घटनास्थलमा आइपुग्यो। बस चालक वाहनको अवशेषहरूमा फसेको थियो जसलाई ग्यास कटरको सहयोगले बाहिर निकालेर अस्पतालमा लगियो। चालकको अवस्था गम्भीर रहेको बताइएको छ। डम्पर चालक पनि घाइते भएको छ जसको उपचार भइरहेको छ।

पुलिसले बतायो, डम्पर चालकको भूमिकाको जाँच गरिँदैछ। आवश्यकता परे चालक विरूद्ध कानूनी कारबाही गरिनेछ।

यता दुर्घटना भएको जानकारी पाउनसाथै राज्यका मन्त्री स्वप्न देवनाथ, कालना नगरपालिकाका उपाध्यक्ष तपन पोरेल तथा महकुमा पुलिस अधिकारी राकेश चौधरी घटनास्थलमा पुगे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande