पश्चिम बंगाल स्कूल नोकरी घोटालाः ज्वाईँको बयान पार्थ च्यटर्जी विरूद्ध महत्वपूर्ण प्रमाण साबित
पश्चिम बंगाल स्कूल नोकरी घोटालाः ज्वाईँको बयान पार्थ च्यटर्जी विरूद्ध महत्वपूर्ण प्रमाण साबित


कोलकाता, 15 सेप्टेम्बर (हि.स.) । पश्चिम बंगालको बहुचर्चित स्कूल भर्ती घोटालामा पूर्व शिक्षामन्त्री पार्थ च्यटर्जी विरूद्ध उनकै ज्वाईँ कल्याणमय भट्टचार्यको बयान अब जाँच एजेन्सीको निम्ति महत्वपूर्ण दस्तावेज साबित हुनेछ। ज्वाईँले यसै वर्षको गत मार्च महिनामा अदालतको अनुमति लिएपछि आफ्नो ससुरा विरूद्ध गवाही दिने फसेला लिएका थिए साथै विशेष पीएमएलए अदालतमा उनको गोपनीय बयान दर्ता गरिएको थियो।

सूत्र अनुसार कल्याणमय भट्टचार्यको बयानले यस घोटालाको शुरुआती गड़बड़ीभन्दा बढ़ी पछिको चरणलाई उजागार गर्दछ। शुरूआती चरणमा च्यटर्जीमाथि भर्ती प्रक्रियामा अनियमितता गरेको र उम्मेद्वारहरूबाट मोटो रकम असुल गरेको आरोप लागेको छ। ज्वाईँको भूमिका त्यसबेला सामु आयो जतिबेला यो रकम संकलन भएपछि अलग-अलग बाटोबाट निवेश गर्नको साथै हिनामिना गरियो।

कानूनी जानकारहरूको भनाइ छ, सीबीआईको जाँच मुख्य रूपमा भर्तीमा गड़बड़ी तथा पैसा असुलीमाथि केन्द्रित थियो भने ईडीको जाँच पैसाको निवेश र मनी लण्ड्रिंगमाथि केन्द्रित थियो। यस्तो अवस्थामा भट्टचार्यको बयान ईडीको जाँच र मुद्दाको कारबाहीमा अधिक उपयोगी साबित हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande