जलपाईगुड़ी, 15 सेप्टेम्बर (हि.स.)। तीन महिनासम्म बन्द रहेपथि गोरूमारा र जलदापाड़ाको जंगल मंगलवारदेखि पर्यटकहरूको लागि खोलिनेछ। दुर्गा पूजालाई मध्यनजर गर्दै जंगलहरूमा फेरि रमाइलो फर्केर आउनेछ। पर्यटकहरूको स्वागतको लागि वन विभागले पूर्ण तयारी गरिसकेको छ। विभागका कुटिरहरूलाई सजाएर तयार पारिएको छ।
सफारीको लागि कुनकी हात्तीको टीमलाई पनि तयार पारिएको छ भने जीप सफारीको लागि जिप्सिहरूलाई व्यवस्थित बनाइेको छ। हात्ती सफारीको बुकिंग अब अनलाइन उपलब्ध छ जसमा एक महिना अगाड़ि नै टिकट बुकिंग गर्न सकिन्छ। जीप सफारीको बुकिंग चाहिँ अफलाइन हुनेछ।
पर्यटकहरूलाई मार्गदर्शन गर्नका लागि गाइड पनि पूर्ण रूपले तयार छ। मेदलामा भैंसी गाड़ाहरूको मरम्मत गरिएको छ जसमा सवार भएर जंगल भ्रमण गर्न सकियोस्। वाच टावरलाई पनि नयाँ ढंगबाट रंग-रोदन गरी सजाइएको छ।
गोरुमाराको सफारी यसपालि अझ विशेष हुनेछ, किनभने जंगल बन्द भएको अवधिमा धेरैवटा गैंड़ाले बच्चा जन्माएका छन्। रामसाई जंगलमा यिनीहरूको झलक देखिनेछ। मेदला क्याम्पमा कुनकी हात्तिनी रामी-ले पनि एउटा बच्चा जन्माएकी छे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा