दक्षिण दिनाजपुर, 15 सेप्टेम्बर (हि.स.)। गंगारामपुर पुलिसले अवैध लोटो औ अनलाइन जुवा चक्रको भण्डाफोर गर्दै एक जना शिक्षक सहित उसका सहयोगीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने शिक्षकको नाम अपूर्व सरकार हो जो वर्ष 2011-देखि नयाँ बजार उच्च विद्यालयमा विज्ञान विभागका शिक्षकको रूपमा कार्यरत थिए। उसका सहयोगी कुणाल दास पनि गंगारामपुरकै निवासी हुन्।
गए आइतवार शाम पुलिसले अपूर्वको ससुरालीमा छापा मारेर भारी मात्रामा नगद जफत गऱ्यो। नोट गन्ती गर्नको लागि मशिन ल्याइएको छ। पुलिस सूत्रानुसार त्यहाँबाट लगभग एक करोड़ रुपियाँ भेटिने अनुमान छ। अहिलेसम्ममा सात लाख रुपियाँ मात्र हात परेको छ। पुलिसले खान तलासी गरिरहेको छ।
पुलिस सूत्रले बतायो, गत 27 अगस्तमा गंगारामपुरमा अवैध लोटो र अनलाइन लटरी विरोधी अभियान संचालन गरी मुख्य आरोपी पिन्टु घोषलाई पक्राउ गरिएको थियो। जाँचबुझमा अपूर्व सरकार र कुणाल दासको नाम प्रकाशमा आयो। त्यसपछि अपूर्व भागेका थिए। तर गत शनिवार दुवैलाई छिमेकी राज्य गान्तोकबाट पक्राउ गरियो जसलाई आइतवार गंगारामपुर अदालतमा पेश गरियो। अदालतले दुवैलाई पाँच दिनको पुलिस हिरासतमा पठाएको छ।
गंगारामपुर महकुमा पुलिस अधिकारी दीपाञ्जन भट्टचार्यले बताए, “पहिला नै यस अवैध लटरीको मामिलामा एक जना व्यक्तिलाई पक्राउ गरिएको थियो। उक्त व्यक्तिसित जाँचबुझ गर्दा अपूर्व र कुणालको नाम सामु आयो। अब खोजी गर्दा भारी मात्रामा नगद भेटिएको छ। जाँच अहिले पनि जारी छ।।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा