चुराचाँदपुर (मणिपुर), 15 सेप्टेम्बर (हि.स.)। मणिपुरको चुराचाँदपुर जिल्लामा गए 14 सेप्टेम्बरको राति फेरि एकपटक हिंसा भड़्क्यो। अज्ञात उपद्रवीहरूले केही कुकी-जो नेताहरूको घरलाई शिकार बनाए। यस हमलामा कुकी नेशनल अर्गेनाइजेशन (केएनओ) -का एक्सटर्नल सेक्रेटरी क्याल्विनको घरलाई पूर्ण रूपले आगो लगाइदिए। यसै राति सम्झौतासित जोड़िएका अर्का नेताको घरलाई पनि जलाइदिए।
सो घटना त्यसबेला भयो जतिबेला गत 12 सेप्टेम्बरमा सरकारी सम्पत्तिलाई नोक्सान पुऱ्याएको आरोपमा दुई जना मानिसहरूलाई गरिएको पक्राउलाई लिएर जिल्लाभरि नै विरोध प्रदर्शन भएको थियो। यो घटनाक्रम प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित राज्य भ्रमणको ठीक अघि भएको छ।
उपद्रवीहरूले कुकी-ज़ो कोअर्डिनेशन कमिटी (केजैडसी) औ इण्डिजिनस ट्राइबल लिडर्स फोरम (आईटीएलएफ)- का प्रवक्ता गिन्जा वुआलजोंगको आवासलाई पनि लक्षित गरे तथापि स्थानीय मानिस एवं युवाहरूको तत्परताले यो आगलागीको प्रयास विफल भयो। घटनास्थल तत्कालै सुरक्षा बल अनि सेनाका जवानहरू आइपुगे तथा सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरे। बढ़्दो तनाउलाई मध्यनजर गर्दै प्रशासनले सम्पूर्ण चुराचाँदपुरमा कड़ा निगरानी गरिरहेको छ ताकि स्थिति अझ नबिग्रियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा