हुगली, 15 सेप्टेम्बर (हि.स.)। तारकेश्वरको चाँपाडांगा क्षेत्रमा त्यसबेला बबाल मचियो जतिबेला यो थाहा लाग्यो कि एक जना पसलेले बाख्राको मासुको सट्टा बाख्रीको मासो मिसाएर बेचिरहेको थियो। मामिला सार्वजनिक हुनसाथ स्थानीय मानिसहरू सड़कमा उत्रिए अनि पसल सामु भेला भए। प्रशासनलाई हस्तक्षेप गरी स्थितिलाई नियन्त्रण गर्नुपऱ्यो।
घटना सोमवार बिहान भएको हो। स्थानीय प्रोसेनजीत बाख्राको मासु किन्न नजिकैको निजाम शेखको पसलमा गए। मासु लगेपछि थाहा भयो कि उसलाई बाख्राको सट्टा बाख्रीको मासु दिइएको छ। प्रोसेनजीतले यस ठगीमाथि प्रश्न उठाए अनि खबर फैलिनसाथ चाँपाडांगामा बबाल शुरू भयो। पुलिसले सूचना पाउनसाथ घटनास्थलमा पुगेर भीड़लाई नियन्त्रण गऱ्यो।
घटनापछि पसले निजाम शेख र पसलका दुई जना कर्मचारीले घटनास्थलबाट टाप कसे। निजामका भतिजा गोलाम रसुलले भने, “मामाले कहिले-काहीँ बाख्राको सट्टा बाख्रीको मासु बेच्ने गर्दथे। यी सबै पसलका कर्मचारीहरूको कारणले हुन्थ्यो।
मामिला सार्वजनिक हुनसाथ राजनीतिक बयानबाज़ी पनि शुरू भएको छ। भाजपा अरामबाग़ सांगठनिक जिल्लाका उपाध्यक्ष गणेश चक्रवर्तीले भने, “तृणमूलको अर्थ नै चोर।” यसको विपरीत स्थानीय तृणमूल युवा अध्यक्ष अब्दुल अख़्तरले भने, “जसले गल्ती गर्छ, निश्चय पनि उसले सजाय पाउनेछ चाहे उ जुनसुकै पार्टीको समर्थक किन नहोस्।” स्थानीय तृणमूल नेतृत्वको दाबी छ, मासु बेच्ने व्यक्ति तृणमूल कार्यकर्ता होइन, प्रशासनले जस्तो कारबाही गर्छ, त्यसलाई स्वीकार्य मानिनेछ।
पुलिस प्रशासनले भनेको छ, मामिलाको जाँच गरिँदैछ। दोषी विरूद्ध आवश्यक कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा