गौतमबुद्ध नगर, 15 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको जिल्ला गौतमबुद्ध नगरमा थाना दादरी पुलिसले आइतवार राति एक जिल्ला निष्कासित अपराधीलाई पक्राउ गरेको छ।
दादरी थाना प्रभारी अरविन्द कुमारले सोमवार बताए, गए राति एक सूचनाको आधारमा उप निरीक्षक मलूक सिंहले ग्राम नगला नैनसुख निवासी सोनू भाटीलाई पक्राउ गरेका छन्। आरोपीले जनतामा भय फैलाएर अवैध रूपमा असूली गर्नेगर्थ्यो। यसैले गर्दा पुलिस आयुक्तले उलाई जिल्लाबाट निष्कासित घोषित गरेका थिए। आरोपी जिल्लाबाट निष्कासित घोषित गरिएपनि जिल्लाको सीमामा बसिरहेका थियो। उलाई पक्राउ गरी न्यायालयमा पेश गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी