रायपुर, 17 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़का मुख्यमन्त्री विष्णु देव सायले बुधवार राजधानी रायपुरस्थित मुख्यमन्त्री निवासमा भगवान विश्वकर्माको विधि-विधान पूर्वक पूजा-अर्चना गरे। यस अवसरमा केन्द्रिय महिला एवं बाल विकास मन्त्री अन्नपूर्णा देवी, प्रदेशकी महिला एवं बाल विकास मन्त्री लक्ष्मी राजवाड़े तथा छत्तीसगढ़ राज्य बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष वर्णिका शर्मा उपस्थित थिए।
मुख्यमन्त्री सायले संसारका प्रथम वास्तुकार एवं सृजन-निर्माणका देवता भगवान विश्वकर्मालाई नमन गर्दै प्रदेशवासीहरूलाई शुभकामना दिए। उनले भने, छत्तीसगढ़का श्रमवीर प्रदेशको प्रगति तथा निर्माणका वास्तविक आधारस्तम्भ हुन्। श्रमको सार्थकता अनि सृजनको भावनालाई समाजमा प्रतिष्ठित पार्ने श्रेय भगवान विश्वकर्मालाई जान्छ। विश्वकर्मा जयन्तीको यो अवसरले हामी सबैलाई समर्पण तथा इमानदारी पूर्वक काम गर्नको लागि प्रेरणा दिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा