पुरूलिया, 17 सेप्टेम्बर (हि.स.)। 54 वर्षपछि यस पाली काशीपुर राजबाड़ीमा दुर्गापूजाको आयोजन हुनेछैन। यसले गर्दा घुम्न आउने श्रद्धालु र पर्यटक राजबाड़ीभित्र प्रवेश गर्नदेखि वञ्चित रहनेछन्।
जानकारी अनुसार, काशीपुर राजपरिवारकी छोरी महेश्वरी देवीको देखरेखमा उनका छोरा अंसुल राजावतले हरेक साल दुर्गापूजाको आयोजन गर्छन्। तर यस वर्ष उनकी पत्नी वी देओरा राजावतको मंगलवार दुर्गापुरको एक निजी अस्पतालमा मृत्यु भयो। यसैले गर्दा यस पाली राजबाड़ीमा पूजा रद्द गरिएको छ।
अंसुल राजावतले भने, सन् 1972 मा अन्तिम राजा भुवनेश्वरी प्रसाद सिंहदेवको निधनपछि पनि पूजा भएको थिएन। यस साल मेरी पत्नीको निधन भएको छ, यसैले पूजाको आय़ोजन गरिएको छैन। काशीपुरमा विधि-विधानले उनको अन्तिम संस्कार गरिँदैछ।
वस्तुतः वर्षमा केवल एक पल्ट पूजाको अवसरमा आम जनालाई राजबाड़ीभित्र पस्ने अनुमति दिइन्छ र एतिहासिक भवनलाई नजिकबाट हेर्ने अवसर प्राप्त हुन्छ। तर यस पाली यो अवसर पाइनेछैन।
हिन्दुस्थान समाचार / भवानी थामी