नयाँ दिल्ली, 17 सेप्टेम्बर (हि.स.)। उत्तर-पश्चिम जिल्लाको अशोक विहार थाना क्षेत्रमा सीवर सफाईमा ठूलो दुर्घटना घट्यो। मंगलवार अबेर राति लगभग 11.36 बजी पुलिस कन्ट्रोल रूमलाई हरिहर अपार्टमेन्ट, अशोक विहार फेज-2 निकट सीवरमा चार जना झरेको जानकारी प्राप्त भय़ो।
यसको सूचना पाउनसाथ पुलिस र राहत टीम घटनास्थला पुगे। चारै जनालाई अस्पताल लगियो, जहाँ डाक्टरहरूले कासगंज, उप्र निवासी अरविन्द (40) लाई मृत घोषित गरे। सोनू, नारायण र नरेशलाई गम्भीर अवस्थामा आईसीयूमा भर्ती गराइएको छ।
यसमा सोनू र नारायण पनि कासगंजको निवासी हुन्, जबकि नरेश बिहारको निवासी हो। तीनै बेहोशीको स्थितिमा छन्। घटनास्थलमा पुगेको क्राइम टीमले निरीक्षण गऱ्यो र साक्ष्य जुटायो। यस सम्बन्धमा पुलिसले कार्य़दारी संस्था ब्रजगोपाल कन्स्ट्रक्शन कम्पनीका म्यानेजरलाई सोधपुछको निम्ति बोलाएको छ।
जानकारी अनुसार, क्षेत्रमा गत धेरै दिनदेखि सीवर सफा गर्ने काम चलिरहेको थियो। घटनाको समय यी चारै सीवर सफा गर्न उर्लेका थिए। पुलिस टीम जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी