याङगाङमा एसजीएवाई घरहरूको उद्घाटन, लाभार्थीहरूलाई हस्तान्तरण
याङगाङमा एसजीएवाई घरहरूको उद्घाटन, लाभार्थीहरूलाई हस्तान्तरण


गान्तोक, 17 सेप्टेम्बर (हि.स.)। राङगाङ याङगाङ निर्वाचन क्षेत्रकी विधायक एवं सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले आज याङगाङमा सिक्कम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत नवनिर्मित घरहरूको उद्घाटन गरेर लाभार्थीहरूलाई हस्तान्तरण गरेकी छन्।

क्षेत्र विधायक थापाले याङगाङमा नवनिर्मित एसजीएवाई घर उद्घाटन गरेर लाभार्थी सथु राईलाई हस्तान्तरण गरिन्। यसैगरी, उनले अप्पर याङगाङमा न​वनिर्मित घर उद्घाटन गरेर लाभार्थी अम्बर बहादुर गुरुङलाई हस्तान्तरण गरेकी छन्।

एसजीएवाई वर्तमान सिक्किम सरकारको ध्वजवाहक आवास पहल हो। यस योजना अन्तर्गत आर्थिक रूपमा कमजोर परिवारहरूलाई आवश्यक सुविधाहरूसहित पक्का घर उपलब्ध गराउने लक्ष्य लिइएको छ। प्रत्येक एसजीएवाई घरमा भान्साघर, शौचालय, पानी आपूर्ति सुविधा छ, जसले मर्यादित र सुरक्षित बसोबासको अवस्था सुनिश्चित गर्दछ। यो योजनाले ग्रामीण घरपरिवारको उत्थान गर्ने, उनीहरूको जीवनस्तर सुधार गर्ने र सबैका लागि आवासको दृष्टिकोण पूरा गर्ने लक्ष्य राखेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande